चितवनले दियो लुम्बिनीलाई १४३ रनको लक्ष्य

चितवनले दियो लुम्बिनीलाई १४३ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्स सामु १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनायो। चितवनको सुरुआत भने सुखद रहेन। कूल ४३ रन जोड्दा तीन विकेट गुमाएको चितवनका लागि कप्तान कुशल मल्ल र रवी बोपराले ४४ रनको साझेदारी गर्दै पारीलाई सम्हाल्ने प्रयास गरे।

१५ दशमलव २ ओभरमा टिमको स्कोर ८७ हुँदा कप्तान मल्ल व्यक्तिगत २१ रनमा आउट भए । रवी वोपरा भने अर्धशतकी पारी खेले। उनी ६६ रनमा आउट भए। यस्तै देव खनालले १४, दीपक बोहराले १०, सैफ जैब १५, अर्जुन साउँदले अविजित १५ र शाहिल तनवीरले पाँच रन बनाए।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने अभिषेश गौतम र गुलबदिन नैबले समान दुई/दुई विकेट लिए। प्रतियोगितामा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनी सुखद सुरुआतको खोजीमा छ। चितवन भने लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ।

मंसिर ४, २०८२ बिहीबार १७:५३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।