चौधरी ग्रुपद्वारा २५ अर्ब ५९ करोड कर दाखिला, कुल राजश्वमा २ प्रतिशतभन्दा बढी योगदान

चौधरी ग्रुपद्वारा २५ अर्ब ५९ करोड कर दाखिला, कुल राजश्वमा २ प्रतिशतभन्दा बढी योगदान

काठमाडौं : चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेको छ। यो रकम राष्ट्रको कुल राजश्वको २ प्रतिशतभन्दा बढी हो।

आर्थिक शिथिलता र चुनौतीपूर्ण वातावरणका बाबजुद ग्रुपले अघिल्लो वर्षको तुलनामा यस वर्ष ७ अर्ब बढी राजश्व दाखिला गरेको छ।

तथ्यांक अनुसार, चौधरी ग्रुपले पछिल्लो पाँच वर्षमा मात्रै सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ कर बुझाइसकेको छ।

ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले व्यावसायिक विस्तारसँगै राज्यको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको बताएका छन्।

नेपालमा समूहगत कर विवरण सार्वजनिक गर्ने परिपाटी नभए पनि पारदर्शिताका लागि ग्रुपले स्वयं यो विवरण सार्वजनिक गरेको हो।

मंसिर ४, २०८२ बिहीबार ०८:०६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।