ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
सुर्खेत : जाजरकोटको नलगाड नगरपालिका-१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका-१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ।
निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मंसिर ४, २०८२ बिहीबार ०७:२६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।