मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

जनकपुर : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। बुधबार बसेको प्रदेश सभा बैठकले सभामुख मण्डलविरुद्धको अविश्वास प्रस्ताव पारित गरेको हो।

गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरूले सभामुख मण्डलमाथि महाभियोग दर्ता गराएका थिए। महाभियोगमाथि आज बसेको प्रदेश सभाको बैठकमा छलफल पश्चात मत विभाजन गरिएकोमा महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए। महाभियोगको विपक्षमा भने शून्य मत परेको थियो।

बैठकमा कुल उपस्थित सांसदहरूको संख्या ७८ रहेको थियो। हाल मधेश प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्य छन्। प्रदेशसभाको बैठकमा सरकार पक्षका सांसद अनुपस्थित थिए।

उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त संख्या प्रदेश सभाको दुई तिहाइ रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराइन। प्रदेश सभा बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ।

मंसिर ३, २०८२ बुधबार १८:२४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।