एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

काठमाडौं : एनआईसी एशिया बैंकले प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन गरेको छ। बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा कमल खड्का नियुक्त भएका छन्।

बैंकका आधिकारिक जानकारी तथा सूचना प्राप्त गर्न वा बैंकिङ्ग सेवा सम्बन्धी गुनासो भए रावल र अधिकारी सम्पर्क गर्न प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले आग्रह गरेका छन्। प्रमुख कार्यकारी अधिकृत रावल र प्रमुख गुनासो अधिकारी खड्काको सम्पर्क नम्बर पनि सार्वजनिक गरिएको छ। 

बैंकले रावललाई ९८५१२३१३३२ वा ०१-५९७०१०१ मा र खड्कालाई ९८०१९७७९३६ वा ०१-५९७०१०१ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको छ। ब‌ैंकबारे केही गुनासो भए [email protected] इमेल गर्न अनुरोध गरिएको छ।

मंसिर ३, २०८२ बुधबार १७:३०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।