सुदूरपश्चिम रोयल्सलाई लिटमस केवल्सको साथ

सुदूरपश्चिम रोयल्सलाई लिटमस केवल्सको साथ

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा तार तथा केबल उत्पादक लिटमस केवल्स सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनरको रूपमा जोडिएको छ।

मंगलबार काठमाडौंमा लिटमस इन्डस्ट्रिज लिमिटेडका एसोसियट उपाध्यक्ष सन्जिव झा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले हस्ताक्षर गरे।

सम्झौतापछि सुदूरपश्चिमका सिइओ खड्काले देशको अग्रणी ब्रान्ड लिटमससँग जोडिन पाउँदा खुसी व्यक्त गरे। उनले भने, ‘यसले सुदूरपश्चिमको टिमसँग राम्रो सम्बन्ध जोड्ने माध्यम बन्नेछ।’

यसैगरी, लिटमस इन्डस्ट्रिजका एसोसियट उपाध्यक्ष सन्जिव झाले सुदूरपश्चिमसँगको सहकार्यले नेपालका प्रतिभाहरूलाई पहिचान गर्न र आगामी पुस्ताका खेलाडीहरूलाई सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले थपे, ‘हामी हाम्रा उत्पादनलाई मात्र होइन, राष्ट्रिय गौरवलाई बढावा दिने कुरामा पनि समर्थन गर्छौं। त्यसै अनुरूप यो सम्झौता पनि हो।’

सन् १९७७ मा स्थापित लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको ठूलो र विश्वसनीय तार, केबल तथा कन्डक्टर ब्रान्ड हो । चार दशकभन्दा बढी समयदेखि यसले नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। सन् २०१४ देखि रमेश कर्पको नेतृत्वमा सञ्चालित यो कम्पनी आफ्नो क्षेत्रमा नेपालको पहिलो र एक मात्र सार्वजनिक सूचीकृत कम्पनी पनि हो।

मंसिर ३, २०८२ बुधबार १६:४८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।