नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक चार दशमलव ९८ प्रतिशतले घटेर दुई हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो।
आज ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ५० हजार ६२६ पटक खरिदबिक्री हुँदा तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ बराबरको कारोबार भएको छ। कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी र व्यापार समूहबाहेक सबै समूहको उपसूचक घटेका छन्।
आजको कारोबारमा माबिलुङ्ग इनर्जी लिमिटेड, दरमखोला हाइड्रोइनर्जी लिमिटेड, सागर डिस्टिलरी लिमिटेड, हिमस्टार ऊर्जा कम्पनी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड, सान्भी इनर्जी लिमिटेड, झापा इनर्जी लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा बढी गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर रहेको छ। कारोबार रकमको आधारमा आज वरुण हाइड्रोपावरको सबैभन्दा बढी २७ करोड ४० लाख ४४ हजार ४२१ बराबरको कारोबार भएको छ।
मंसिर ३, २०८२ बुधबार १६:१२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।