सुनको मूल्य तोलामा २८ सयले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको छ। लगातार ओरालो लागेको सुनचाँदीको मूल्य आज भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज (बुधबार) सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। मङ्गलबारको तुलनामा चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार १५० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मंसिर ३, २०८२ बुधबार ११:२४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।