एनपीएलमा आज काठमाडौं र सुदूरपश्चिम भिड्दै
काठमाडौं : जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगितामा काठमाडौं गोर्खाज दोस्रो जितको खोजीमा मैदान उत्रनेछ भने सुदूरपश्चिम रोयल्स सुखद् सुरुआत गर्ने लक्ष्यमा हुनेछ।
काठमाडौंले यसअघि उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी सुरुआत गरेको थियो।
आजको खेलमा दुई प्रभावशाली नेपाली अलराउन्डरको नेतृत्वमा टिमहरू भिड्दैछन्।
काठमाडौंको कप्तानी करण केसीले सम्हालेको छ भने सुदूरपश्चिमको नेतृत्व राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गर्दैछन्।
त्यस्तै, रणनीतिक रूपमा पनि यो खेल रोचक हुनेछ। काठमाडौंको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई छन् भने सुदूरपश्चिमको प्रशिक्षण जगत टमाटाले सम्हालेका छन्।
क्यानको आयोजनामा मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ।
मंसिर ३, २०८२ बुधबार ०८:००:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।