एचपी ल्युब्रिकेन्ट्स नेपाल प्रिमियर लिगको आधिकारिक पार्टनर

एचपी ल्युब्रिकेन्ट्स नेपाल प्रिमियर लिगको आधिकारिक पार्टनर

काठमाडौं : एचपी ल्युब्रिकेन्ट्स आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को 'आधिकारिक ल्युब्रिकेन्ट पार्टनर' बनेको छ।

एचपीको नेपालका लागि अधिकृत वितरक एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि. र नेपाल क्रिकेट संघ (क्यान) बीच यससम्बन्धी सम्झौता भएको हो।

मंगलबार त्रिवि क्रिकेट मैदानमा आयोजित एक कार्यक्रममा एम.ए.डब्ल्युका तर्फबाट कार्यकारी निर्देशक अंकुर खनाल र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे।

साझेदारीले क्रिकेटको उच्च प्रदर्शन र एचपी ल्युब्रिकेन्ट्सको ‘पावर टु पर्फर्म’ भन्ने नारालाई एकै ठाउँमा ल्याएको कम्पनीले जनाएको छ। एम.ए.डब्ल्युले नेपालको बढ्दो क्रिकेट विकास यात्रामा समर्थन गर्न पाउँदा खुशी व्यक्त गरेको छ।

मंसिर २, २०८२ मंगलबार ११:५१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।