एनपीएल : चितवनले टस जित्यो, कर्णालीलाई ब्याटिङको निम्तो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।
चितवनले टस जितेर फिल्डिङ रोज्दै कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
लिगमा आफ्नो पहिलो खेल खेल्न लागेका दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छन्।
चितवनको कप्तानी युवा अलराउन्डर कुशल मल्लले सम्हालेका छन् भने कर्णालीको नेतृत्व अनुभवी खेलाडी सोमपाल कामीले गरिरहेका छन्।
चितवनले आफ्ना प्रमुख विदेशी खेलाडी सोहेल तनविर र रवि बोपारालाई टोलीमा निरन्तरता दिएको छ।
उता, कर्णालीको टोलीमा राष्ट्रिय टोलीका तीन तीव्र गतिका बलरहरू समावेश छन्, जसले टोलीको बलिङ आक्रमणलाई बलियो बनाएको छ। यद्यपि, ब्याटिङमा भने कर्णाली विदेशी खेलाडीमाथि बढी निर्भर देखिन्छ।
लिगको उद्घाटन खेलमा सोमबार काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।
आजको दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
मंसिर २, २०८२ मंगलबार ११:४०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।