सुनको मूल्यमा तोलामा ३८ सय रुपैयाँले घट्यो
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ।
छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ।
सोमबार प्रतितोला ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
मंसिर २, २०८२ मंगलबार १०:५९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।