एनपीएलको लाइभ अब ‘डिसहोम गो’मा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन ओटीटी प्लेटफर्म डिसहोम गो एपबाट प्रसारण भइरहेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आजदेखि एनपीएल सुरु भएको छ।
डिसहोम गोले बिना विज्ञापन एनपीएलका खेलहरु प्रत्यक्ष प्रसारण गरिरहेको छ। डिसहोम गोमा खेलहरु हेर्न शुल्क तिर्न पर्छ। एनपीएलका सबै खेल हेर्न नेपालमा तीन सय, मध्यपूर्वमा पाँच सय र अन्य सबै देशमा १० अमेरिकी डलर शुल्क तोकिएको डिसहोम गोले जनाएको छ। ईसेवा, खल्ती, भिजा र मास्टर कार्डमार्फत शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ।
एक पटक सक्रिप्शन लिएपछि दर्शकले सम्पूर्ण प्रतियोगिता भरि डिसहोम गोमा लाइभ स्ट्रीम र पुनःप्रसारण तथा अन्य सामग्री हेर्न सकिने जनाइएको छ। देश-विदेश रहेका सबै दर्शक डिसहोम गोमार्फत मोबाइल, ल्यापटप वा टिभीमा खेलहरू हेर्न सक्छन्। यस पटक एनपीएलका खेलहरू युट्युबमा प्रसारणको अनुमति छैन। डिसहोम गो एप गुगल प्ले स्टोर र आईओएसको एप स्टोरमा उपलब्ध छ।
मंसिर १, २०८२ सोमबार २१:१३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।