लोकसेवा तयारीका लागि ‘थ्री एस एजुकेसन नेटवर्क’ सञ्चालनमा, उद्घाटनमा ५० प्रतिशत छुट

लोकसेवा तयारीका लागि ‘थ्री एस एजुकेसन नेटवर्क’ सञ्चालनमा, उद्घाटनमा ५० प्रतिशत छुट

काठमाडौं : सरकारी सेवा प्रवेश (लोकसेवा) को तयारी कक्षा सञ्चालन गर्ने उद्देश्यले काठमाडौंको नयाँ बानेश्वरमा ‘थ्री एस एजुकेसन नेटवर्क’ स्थापना भएको छ।

आइतबार एक कार्यक्रमबीच संस्थाको औपचारिक सुरुवात गरिएको हो।

संस्थाकी कार्यक्रम संयोजक मन्जु भट्टका अनुसार उद्घाटनको अवसरमा भर्ना हुने विद्यार्थीहरूलाई शिक्षण शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

नेटवर्कले हाल निजामती सेवा, शिक्षक सेवा र सुरक्षा निकायका विभिन्न पदहरूका लागि तयारी कक्षा सञ्चालन गर्नेछ।

नेटवर्कमा हाल निजामती सेवाका शाखा अधिकृत, नायब सुब्बा, खरिदार, शिक्षक सेवाका विद्यालय निरीक्षक, प्राविधिक सहायक, माध्यमिक र आधारभूत तह र नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर), सहायक निरीक्षक (असई)को कक्षा भइरहेको छ।

संस्थाका व्यवस्थापक तथा प्रशिक्षक सन्तोष खड्काले विद्यार्थीको विश्वासलाई कायम राख्दै गुणस्तरीय तयारी कक्षालाई प्राथमिकतामा राख्ने बताए।

उनका अनुसार, हाल कक्षाहरू संस्थाको आफ्नै एप र वेबसाइटमार्फत अनलाइन माध्यमबाट सञ्चालन हुनेछन्।

कार्यक्रम संयोजक भट्टले निकट भविष्यमा सरकारी सेवाका सबै तयारी कक्षाहरू एकै छानामुनी उपलब्ध गराउने लक्ष्य रहेको जानकारी दिइन्।

मंसिर १, २०८२ सोमबार १४:४६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।