सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौं : नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लागेको हो भने चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आइतबार ३ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंसिर १, २०८२ सोमबार १०:५६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।