एनसेल फाउन्डेसनले एनपीएलमा चौका गनेर शैक्षिक सामग्री दिने
काठमाडौँ : एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौका बापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री दिने घोषणा गरेको छ।
गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत एनसेलले २,६१२ विद्यार्थीहरू लाभान्वित भएका थिए। गत वर्ष एनपीएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए। अभियान अन्तर्गत २,६१२ सहित एनसेलले देशभरका ९,००० भन्दा बढी विद्याथीहरुलाई शैक्षिक सामग्री वितरण गरिसकेको जनाएको छ।
परियोजनामा स्कुल ब्याग, कापी, सिसा कलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुने कम्पनीले जानकारी दिएको छ।
“एनपीएलसँगको सहकार्यमार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरूको उज्यालो भविष्यको लागि यो पहललाई अझै अगाडी बढाउन पाएकोमा हामी धेरै खुसी छौ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्।
एनसेलका अनुसार फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यान्वयन साझेदारलगायतको सहकार्यमा प्रदान गरिनेछ।
कात्तिक ३०, २०८२ आइतबार २०:१४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।