नेप्से परिसूचक झरेर २५४० मा आइपुग्यो

नेप्से परिसूचक झरेर २५४० मा आइपुग्यो

काठमाडौं : साताको पहिलो दिनको कारोबारमा सेयर बजारको परिसूचक नेप्से झरेर २५४० मा आइपुगेको छ। बिहीबारको तुलनामा नेप्से ५.१५ अंक घटेको हो। आइतबारको कारोबारमा ७४ कम्पनीको मूल्य बढेको छ भने १ सय ६८ को घटेको छ। १४ को मूल्य स्थिर रह्यो।

गत साताको अन्तिम कारोबार रकम ३ अर्ब ४९ करोड रहेकोमा आइतबार त्यो सामान्य बढेर ३ अर्ब ८९ करोड पुग्यो। होटेल तथा पर्यटन ०.१८, उत्पादन तथा प्रशोधन ०.०२ र अन्य समूह ०.७२ प्रतिशत बढेको छ। बैङ्किङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशतले घटे।

सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशत बढ्यो। नबिल डिबेन्चर २०८५को ९.९१, नबिल डिबेन्चर २०८९ को ६.९० प्रतिशत मूल्य बढ्यो। भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । रुरु जलविद्युत्‌को ९.५२, दरामखोला हाइड्रोपावरको ६.०९, पिपुल्स हाइड्रोपावरको ५.२३ तथा माबिलुङ इनर्जीको ४.३७ प्रतिशत मूल्य घटेर बजार बन्द भयो।

कात्तिक ३०, २०८२ आइतबार १५:२८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।