पेट्रोलको मूल्य दुई रुपैयाँले बढ्यो
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेको छ।
नेपाल आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाइएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
भारतीय आयल निगम (आईओसी) बाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा वृद्धि प्राप्त भएको निगमले जानकारी दियो।
तर उपभोक्तामैत्री नीतिलाई ध्यानमा राख्दै नेपाल आयल निगमले भारतबाट आएको वृद्धि पूरै नथपेर पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र मूल्य बढाएको विज्ञप्तिमा उल्लेख छ।
कात्तिक २९, २०८२ शनिबार २०:२६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।