ओपो ए६ प्रो को प्रि-बुकिङ खुल्यो, पहिलो ४०० ग्राहकलाई ‘एन्को बड्स ३ प्रो’ नि:शुल्क पाउने
काठमाडौं : ओपोले आफ्नो नयाँ स्मार्टफोन ‘ओपो ए६ प्रो’ को प्रि-बुकिङ औपचारिक रूपमा खुला गरेको छ।
ग्राहकहरूले कार्तिक २८ देखि मंसिर १ गतेसम्म यो फोन प्रि-बुक गरी आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन्।
यो प्रि-बुकिङ अवधिमा ‘ओपो ए६ प्रो’ खरिद गर्ने पहिलो ४०० जना भाग्यशाली ग्राहकले रु. ३,४९९ मूल्यको ‘ओपो एन्को बड्स ३ प्रो’ निःशुल्क जित्ने मौका पाउनेछन्।
यस अफरमा सहभागी हुन ग्राहकले नजिकैको ओपोको आधिकारिक बिक्रेताकहाँ गई प्रि-बुकिङ फारम भर्नुपर्ने कम्पनीले जनाएको छ।
स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनको संयोजन रहेको यो फोन विशेषगरी युवा र गतिशील प्रयोगकर्ताहरूलाई लक्षित गरी ल्याइएको हो।
कम्पनीले यो स्मार्टफोन मंसिर २ गतेदेखि आधिकारिक रूपमा बजारमा सार्वजनिक गर्नेछ, जसले ओपोको लोकप्रिय ‘ए-सिरिज’ लाई थप बलियो बनाउने विश्वास लिइएको छ।
ओपोले यो प्रि-बुकिङ अफरमार्फत आफ्ना प्रारम्भिक ग्राहकहरूलाई विशेष उपहारसहित उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताएको छ।
कात्तिक २९, २०८२ शनिबार ०९:२४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।