एनपीएल लक्षित गर्दै एनसेलले ल्यायो ‘फ्यान प्याक’: ग्राहकले निःशुल्क बोनस र टिकट जित्ने
काठमाडौं : एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका दर्शकहरूलाई लक्षित गर्दै आकर्षक बोनससहितको ‘एनपीएल फ्यान प्याक’ सार्वजनिक गरेको छ।
आउँदो सोमबारदेखि सुरु हुने एनपीएलको दोस्रो संस्करणलाई लक्षित गरी ल्याइएको यो अफर शनिबार (कार्तिक २९) देखि लागू हुनेछ।
यस अफरअन्तर्गत ग्राहकहरूले एनसेलका विभिन्न ११ वटा डेटा तथा भ्वाइस प्याक खरिद गर्दा अतिरिक्त बोनस सुविधा पाउनेछन्।
प्याकको प्रकारअनुसार ग्राहकले निःशुल्क अन-नेट कल, टिकटक, युट्युब चलाउने सुविधा तथा थप डेटा जस्ता बोनसहरू प्राप्त गर्नेछन्। यी बोनसहरूको अवधि एक दिनको हुनेछ।
कुन प्याकमा के बोनस?
रु. ९९ को अनलिमिटेड डेटा प्याक: २५ मिनेट निःशुल्क एनसेल-टु-एनसेल कल।
रु. ३९९ को सधैँ अन प्याक: निःशुल्क टिकटक चलाउने सुविधा।
रु. ५९९ को होम एन्ड अवे प्याक: निःशुल्क युट्युब चलाउने सुविधा।
रु. २९९ को अनलिमिटेड अल नेपाल भ्वाइस प्याक: १ जीबी अतिरिक्त डेटा।
बोनस सुविधाका साथै, ग्राहकहरूले एनसेल एपमार्फत ‘स्पिन एन्ड विन’मा सहभागी भई थप बोनस तथा एनपीएलको खेल हेर्ने टिकट जित्ने अवसरसमेत पाउने कम्पनीले जनाएको छ।
एनसेलका चिफ कमर्सियल अफिसर उपङ्ग दत्तले भने, ‘एनपीएल फ्यान प्याकले क्रिकेटको यो महाउत्सवमा नेपाली फ्यानहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिएका छौं। हाम्रो उद्देश्य क्रिकेटमार्फत सबैलाई एकताबद्ध बनाउँदै हाम्रो सेवाले जोड्नु हो।’
‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ नाराका साथ एनसेल यसपटकको एनपीएलसँग पावर बाई प्रायोजकका रूपमा जोडिएको छ। एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।
कात्तिक २९, २०८२ शनिबार ०९:१२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।