विहार निर्वाचनमा जेन-जी पुस्ताकी सांसद मैथिलीको जित, ११ हजार भोटले हराइन् प्रतिस्पर्धीलाई

विहार निर्वाचनमा जेन-जी पुस्ताकी सांसद मैथिलीको जित, ११ हजार भोटले हराइन् प्रतिस्पर्धीलाई

एजेन्सी : विहार विधान सभा निर्वाचनमा २५ वर्षकी लोक गायिका मैथिली ठाकुर विधान सभा सदस्यमा निर्वाचित भइन्। एनडिए गठबन्धनमा भारतीय जनता पार्टीबाट उनी अलिनगरबाट उम्मेदवार बनेकी थिइन्। 

भारतीय रियालिटी शोबाट चर्चा बटुलेकी उनले शुक्रवार सार्वजनिक भएको नत परिणाममा आफ्नो प्रतिस्पर्धीलाई ११ हजार बढी भोटले जितिन्। उनी विहार विधान सभाको सबैभन्दा कान्छो उमेरकी सदस्य भएको बताइएको छ।

प्राय भजन र लोकगीत  गाउने उनी युट्युबमा निकै सक्रिय छिन्। विहार विधान सभा निर्वाचनमा एनडिए र महागठबन्धन निर्वाचनमा होमिएका थिए। विजेपी र नितिश कुमारसहितको एनडिएले विहारमा बहुमत सिट जितिसकेको छ। काँग्रेससहितको महा गठबन्धनमा रहेका दलहरूको लज्जास्पद हार भएको छ।

कात्तिक २९, २०८२ शनिबार ००:२३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।