अफगानिस्तानमा बम विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु
एजेन्सी : पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्पोटक उपकरण विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ।
उक्त बस्तुलाई केटाकेटीहरूले खेलौना जस्तो ठानेर त्यससँग खेल्न थाल्दा दुभाग्यपूर्ण रुपमा उक्त उपकरण अचानक विस्फोट हुँदा घटनास्थलमै बालबालीकाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता सेदिकुल्लाह सेडिकीले जानकारी दिए।
बदघिस प्रान्तमा गत हप्ता भएको यस्तै विस्पोटको घटना हुदाँ दुई जना बालबालिकाको ज्यान गएको थियो।
युद्धग्रस्त अफगानिस्तानमा द्धन्द्ध प्रभावित देश हो जहाँ विगत चार दशक भन्दा लामो युद्धबाट बाँकी रहेका विभिन्न उपकरणहरू विस्पोट भएका कारण निर्दोश नागरिकका साथै बच्चाहरूले ज्यान गुमाउने गरेको जनाइएको छ।
कात्तिक २८, २०८२ शुक्रबार १४:१३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।