एनपिएलको दोस्रो संस्करणका लागि क्यानले खुला गर्‍यो टिकट बिक्री, यस्तो छ मूल्य सूची

एनपिएलको दोस्रो संस्करणका लागि क्यानले खुला गर्‍यो टिकट बिक्री, यस्तो छ मूल्य सूची

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग दोस्रो संस्करणको लागि टिकट बिक्री खुला गरेको छ। क्यानले बिहिबार एक विज्ञप्ति जारी गर्दै मंसिर ११ गतेदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिताका लागि टिकट दर सार्वजनिक गरेको हो।

क्यानका अनुसार साधारण टिकट र प्रिमियम टिकट गरी दुई वर्गमा टिकट बिक्री हुनेछ। उद्घाटन खेल र शनिबारका खेलका लागि साधारण टिकटको मूल्य रु. ५०० र प्रिमियम टिकटको मूल्य रु. १५०० तोकिएको छ।

त्यसैगरी, अन्य साताको दिन हुने खेलहरूमा साधारण टिकट रु. ५०० र प्रिमियम रु. १००० तोकेको छ भने प्ले-अफ र फाइनल खेलका लागि साधारण टिकट रु. १००० र प्रिमियम टिकट रु. २००० निर्धारण गरिएको छ।

साथै क्यानले सिजन पासको समेत व्यवस्था गरेको छ। त्यसको मूल्य रु. १५,००० तोकिएको क्यानले जनाएको छ।

टिकट बिक्री खल्ती एपमार्फत गर्न सकिने क्यानले जनाएको छ। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर ११ गतेदेखि सुरु हुँदैछ।

कात्तिक २७, २०८२ बिहीबार २०:४६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।