डाबर नेपाल बन्यो सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल बन्यो सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

काठमाडौं : डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ।

डाबर नेपाल र सुदूरपश्चिम रोयल्सबीच बुधबार काठमाडौँमा सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार डाबर रेड पेस्ट र डाबर हनी सुदूरपश्चिम रोयल्सलाई समर्थन गर्दै टिमसँग जोडिनेछन्।

सम्झौतापछि बोल्दै डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खाली ले भने, “यो साझेदारीले नेपाल प्रिमियर लिगका शीर्ष टिममध्ये एक सुदूरपश्चिम रोयल्सलाई डाबर रेड पेस्ट- नेपालको नं. १ टूथपेस्ट ब्रान्ड तथा डाबर हनी- विश्वको नं. १ मह ब्रान्डसँग एकसाथ ल्याएको छ। हामी क्रिकेटको उत्साह र लाखौं नेपाली उपभोक्ताको विश्वास मनाउने उत्साहजनक एनपीएल सिजनको प्रतीक्षा गर्दैछौं।”

त्यसैबीच, सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले भने, ‘हामी हाम्रो टिमसँग डाबर जस्तो प्रतिष्ठित ब्रान्ड जोडिनुमा अत्यन्तै खुशी छौं। यस सम्झौताले टोलीमा अझ बढी ऊर्जा र उत्साह थपेको छ।’

कात्तिक २७, २०८२ बिहीबार १९:०७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।