सन् २००१ देखि २०१४ का होण्डा गाडीमा निःशुल्क एयरब्याग परिवर्तन हुने
काठमाडौं : नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै ‘सेफ्टी रिकल’ नामक विशेष अभियान सुरु गरेको छ।
यस अभियानअन्तर्गत कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग पूर्णरूपमा निःशुल्क परिवर्तन गर्ने घोषणा गरेको छ।
यो ‘सेफ्टी रिकल’ अभियान होण्डा मोटर कम्पनी, जापान को विश्वव्यापी सुरक्षात्मक कार्यक्रमको एक अंश हो, जसको उद्देश्य समयसँगै एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक समस्यालाई हटाई ग्राहकको यात्रा अझ सुरक्षित बनाउनु हो।
स्याकार ट्रेडिङले नेपालमा पनि यही अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ। यस अन्तर्गत ज्याज, अकर्ड, सीआर-भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडीहरू समावेश गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यी गाडीहरूको एयरब्याग कुनै पनि शुल्क नलिई दक्ष प्राविधिकहरूद्वारा प्रतिस्थापन गरिनेछ। स्याकार ट्रेडिङले उक्त मोडेलका गाडीधनीहरूलाई आफ्नो सवारीसाधन यो अभियानमा पर्छ कि पर्दैन भन्ने जानकारीका लागि नजिकको होण्डा अधिकृत सर्भिस सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ।
स्याकार ट्रेडिङ कम्पनीले ग्राहकलाई सुरक्षित यात्रा सुनिश्चित गर्न यो अभियानमा सहभागी हुन अपिल गरेको छ।
कात्तिक २७, २०८२ बिहीबार १८:३४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।