काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढ्यो, लाइनमा अधिकांश जेनजी

काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढ्यो, लाइनमा अधिकांश जेनजी

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढ्न थालेको छ।

मंगलबार दिउँसो जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पुग्दा वायोमेट्रिकका लागि लाइनमा उभिएका अधिकांश युवा-युवती ‘जेनजी’ समूहका देखिन्थे। नयाँ मतदाता बन्न उत्साहित युवाहरू नाम दर्ता गराउन लाइनमा बसिरहेका थिए।

निर्वाचन आयोगका अनुसार सरकारले निर्वाचन मिति घोषणा गरेसँगै देशभर मतदाता नामावली अद्यावधिक, नयाँ दर्ता र सच्याउने कार्य तीव्र गतिमा अघि बढाइएको छ। काठमाडौंमा मात्रै दैनिक सयौँ नागरिकले फारम भर्ने, फोटो खिचाउने र विवरण सच्याउने काम गरिरहेका छन्।

आयोगले आगामी निर्वाचनमा कुनै पनि नागरिकको मतदान अधिकार नछुटोस् भनेर सबैलाई आफ्नो नाम नामावलीमा दर्ता गराउन आग्रह गर्दै आएको छ। 

कात्तिक २५, २०८२ मंगलबार १७:१७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।