बाजुराका एक युवकको मुगुमा ट्याक्टर दुर्घटनामा परि मृत्यु

बाजुराका एक युवकको मुगुमा ट्याक्टर दुर्घटनामा परि मृत्यु

बाजुरा : बाजुराका एक युवकको मुगुमा ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकाया रहेका छन्।

विद्युतको पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। साथै, हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएका छन्। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्धुतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको ट्याक्टर दुर्घटनामा परेको हो।  

लु ५ त १२३७ नम्बरको ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो।दुर्घटनामा परि घाईते भएका रेशम भण्डारीको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको प्रहरीले जनाएको छ।

कात्तिक २५, २०८२ मंगलबार १४:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।