जीडब्लुएमले नेपालमा ‘ट्यांक’ सिरिज सार्वजनिक गर्यो
काठमाडौं : जीडब्लुएम नेपालले सोमबार आफ्नो बहु-प्रतिक्षित ‘ट्यांक’ सिरिजका दुई नयाँ एसयूभी- ट्यांक ३०० एचईभी (हाइब्रिड) र ट्यांक ५०० पीएजईभी (प्लग-इन हाइब्रिड)लाई औपचारिक रूपमा सार्वजनिक गरेको छ।
विश्वबजारमा निकै सफल मानिएको ट्यांक ब्रान्डले चीन, इन्डोनेसिया, थाइल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिका जस्ता देशहरूमा आफ्नो शक्ति, शैली र विश्वसनीयताका लागि ख्याति कमाएको छ।
अन्तर्राष्ट्रिय बजारमा ४ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको यो ब्रान्ड अफ-रोड प्रेमीहरूको रोजाइमा पर्न सफल भएको छ। नेपालमा ट्यांक ब्रान्डको प्रवेशले जीडब्लुएमको बजारप्रतिको प्रतिबद्धता मात्र नभई, यहाँको बढ्दो अफ-रोड संस्कृतिलाई समेत नयाँ उचाइ दिने विश्वास गरिएको छ।
नेपालमा सार्वजनिक गरिएका दुवै गाडीहरू ९-स्पीड अटोमेटिक ट्रान्समिसन सहित उपलब्ध छन्। ट्यांक ३०० एचईभीमा २.० लिटर टर्बो पेट्रोल हाइब्रिड इन्जिन छ, जसले ३५१ पीएस पावर र ६४८ एनएम टर्क उत्पादन गर्छ।
ट्यांक ५०० पीएजईभीमा २.० लिटर टर्बो पेट्रोल प्लग-इन हाइब्रिड इन्जिन छ, जसले ४०८ पीएस पावर र ७५० एनएम टर्क प्रदान गर्छ। यी शक्तिशाली इन्जिनले सबै प्रकारका यात्राहरूलाई सहज बनाउने कम्पनीको दाबी छ।
एडभान्स्ड फोर-ह्वील ड्राइभ प्रणाली जडित यी गाडीमा ढुंगा, बालुवा, हिलो र हिउँजस्ता कठिन भू-भागका लागि छुट्टाछुट्टै ड्राइभिङ मोडहरू छन्, जुन नेपालको भौगोलिक विविधताका लागि विशेष उपयुक्त मानिन्छ।
टर्बो चार्ज्ड इन्जिन र शक्तिशाली इलेक्ट्रिक मोटरको संयोजनले तत्काल टर्क प्रदान गर्नुका साथै उत्कृष्ट माइलेज पनि दिन्छ भने प्रिमियम इन्टेरियर, उच्च-गुणस्तरका सामग्री, डिजिटल डिस्प्ले र इन्टेलिजेन्ट सिस्टमले एसयूभीको अनुभवलाई नयाँ स्तरमा पुर्याउँछ।
यसका अलावा एडास, ३६०-डिग्री क्यामेरा र इन्टेलिजेन्ट ड्राइभ असिस्ट जस्ता अत्याधुनिक सुरक्षा प्रणालीले सडक तथा अफ-रोड दुवैमा अधिकतम नियन्त्रण सुनिश्चित गर्ने र बलियो र आकर्षक बाहिरी बनावटले जीडब्लुएमको पावर विथ परपज भिजनलाई प्रतिबिम्बित गर्ने कम्पनीको दाबी छ।
कात्तिक २५, २०८२ मंगलबार १३:३६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।