सुनको मूल्यमा कीर्तिमानी उछाल, एकै दिन तोलामा ४९ सय रुपैयाँले बढ्यो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ उचाइ छोएको छ। लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यमा आज एकै दिन तोलामा ४९ सय रुपैयाँको भारी वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रति तोला दुई लाख ४६ हजार चार सय रुपैयाँ कायम भएको छ। यो सँगै सुनको मूल्य लगातार चौथो कारोबार दिन पनि बढेको हो।
महासंघका अनुसार हिजो आइतबार मात्रै सुनको मूल्य तोलामा २,९०० रुपैयाँले बढेर दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत बिहीबार र शुक्रबार पनि सुनको मूल्य तोलामा ६/६ सय रुपैयाँले बढेको थियो।
आजको मूल्य हालसम्मकै उच्च भने होइन। यसअघि गत असोज ३१ गते सुनको मूल्यले ऐतिहासिक कीर्तिमान बनाउँदै तोलाको दुई लाख ५८ हजार आठ सय रुपैयाँसम्म पुगेको थियो।
यसैगरी, आज चाँदीको मूल्यमा पनि ठूलो वृद्धि भएको छ। महासंघले तोकेअनुसार, चाँदी तोलामा १०५ रुपैयाँले बढेर प्रति तोला तीन हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
कात्तिक २५, २०८२ मंगलबार १२:२६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।