मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

गमगढी : मुगुको सोरु गाउँपालिकामा गए राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा बाजुराको गौमुल गाउँपालिका-३ का करिब २४ वर्षीय चालक सुरेश रोकाया रहेका छन्।

सोरुकोट प्रहरी चौकीका अनुसार, बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर उकालोमा ‘ब्रेक फेल’ भई सडकबाट करिब ७०० मिटर तल खसेको थियो। दुर्घटनामा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टरमा सवार हुम्लाको अदानचुली-२ का २८ वर्षीय रेशम भण्डारी गम्भीर घाइते भएका छन्।

घाइते भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल, मुगु लगिएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलवीर लावडले जानकारी दिए। ट्याक्टरमा चालक र भण्डारी गरी दुई जना मात्र सवार थिए।

कात्तिक २५, २०८२ मंगलबार ०९:५४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।