दिल्लीमा विस्फोटपछि भारतस्थित अमेरिकी दूतावासले जारी गर्यो सुरक्षा चेतावनी

दिल्लीमा विस्फोटपछि भारतस्थित अमेरिकी दूतावासले जारी गर्यो सुरक्षा चेतावनी

एजेन्सी : भारतको राजधानी दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशन नजिकै एउटा कारमा विस्फोट भएको छ। यो घटनापछि भारतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूका लागि एक सुरक्षा चेतावनी जारी गरेको छ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘नोभेम्बर १०, २०२५ मा दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिक एउटा कारमा विस्फोट भयो। स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा केही मानिस हताहत भएका छन्। विस्फोटको कारण अझै थाहा हुन सकेको छैन, तर भारत सरकारले कयौँ राज्यमा उच्च सुरक्षा सतर्कता अपनाएको छ।’

अमेरिकी दूतावासले दिल्लीको लाल किल्ला र चाँदनी चोक जस्ता भिडभाड हुने इलाकामा नजान, ठूलो भिडभाडबाट टाढै रहन, घटनाको बारेमा पछिल्लो जानकारीका लागि स्थानीय सञ्चारमाध्यम हेर्दै गर्न र आफ्नो वरपरको वातावरणप्रति सधैँ सचेत र चनाखो रहन भनेको छ।

कात्तिक २५, २०८२ मंगलबार ०७:४५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।