प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई ३३ औँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी अहिले काठमाडौं उपत्यका कार्यालय रानीपोखरीको प्रमुख छन्।
३० वर्षे सेवा अवधिका कारण वर्तमान आइजिपी चन्द्रकुवेर खापुङले २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाश पाउँदैछन्। २७ गतेबाट कार्कीले कमान्ड सम्हाल्ने छन्। प्रहरी महानिरीक्षकका लागि उनीसँगै राजन अधिकारी, डा मनोज केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा थिए।
कात्तिक २४, २०८२ सोमबार १९:०८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।