दुर्गा प्रसाईंलाई ढुंगा बोक्न हर्कको निम्तो
काठमाडौं : धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन्।
सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन्। उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन्।
मेयर साम्पाङ लेख्छन्,‘दुर्गा प्रसाईं जी...अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ। माटोले रगत होइन पसिना मागेको छ। म त हरघडि माटोसँग बात मार्छु। तपाई पनि ढुंगा बोक्न आउनु है। मिलेर देश बनाऔँ,’।
कात्तिक २४, २०८२ सोमबार १२:१८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।