जेन-जी आन्दोलनको आवरणमा हायातको टिभी चोर्ने पक्राउ

जेन-जी आन्दोलनको आवरणमा हायातको टिभी चोर्ने पक्राउ

काठमाडौं : जेन-जी आन्दोलनको मौका छोपेर टुसालमा रहेको पाँचतारे हायात रेजेन्सी होटेलबाट टेलिभिजन चोरी गरेको आरोपमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय लक्ष्मण सुनाम पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको छ।

प्रहरीले उनको घरमा छापा मार्दा हायातबाट चोरी गरेको तीन वटा टेलिभिजन समेत बरामद भएको प्रहरीले जानकारी दिएको  छ। जेन-जी आन्दोलनको दोस्रो दिन फैलिएको आपराधिक गतिविधिको मौकामा उनले यातायात रिजेन्सीको क्यासिनोमा गएर टिभी चोरेका थिए। जेन-जी आन्दोलनकोक्रममा यातायात होटेलमा तोडफोड, आगजनी लुटपाटपछि होटलै बन्द भएको छ।

होटेलसँगै रहेको क्यासिनोबाट पाँच करोड रुपैयाँसहित होटेलमा रहेको हिरा र सुनका गहनाको पसल समेत लुटिएको थियो।

कात्तिक २३, २०८२ आइतबार १६:३५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।