२ सयले घट्यो सुनको मूल्य

२ सयले घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ। आज सुन २ सयले घटेको हो।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले चाँदीको मूल्य घटेको हो। शुक्रबार ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ। 
 

कात्तिक २३, २०८२ आइतबार १२:०१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।