मासु निर्यात अभिवृद्धिका लागि तयार भयो राँगा-भैंसी प्रवर्द्धन कार्यविधि २०८२

मासु निर्यात अभिवृद्धिका लागि तयार भयो राँगा-भैंसी प्रवर्द्धन कार्यविधि २०८२

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात बढाउने उद्देश्यसहित ‘राँगा वा भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८२’ तयार पारेको छ।

मन्त्रालयले नेपालबाट मासु तथा मासुजन्य वस्तुको निर्यात सम्भावना बढ्दै गएपछि व्यवस्थित उत्पादन, गुणस्तर सुनिश्चितता तथा पशु स्रोत व्यवस्थापनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यविधि ल्याएको हो।

मन्त्रालयको भनाइअनुसार यस कार्यविधिले गुणस्तरीय र स्वास्थ्य मापदण्ड पूरा गर्ने राँगा तथा भैंसीको उत्पादन, प्रशोधन तथा निर्यातलाई समर्थन गर्नेछ । साथै, किसानलाई उच्च उत्पादकता भएका जातको प्रवद्र्धन, वैज्ञानिक व्यवस्थापन, भन्सार तथा स्वास्थ्य परीक्षण सहजता लगायत कार्यक्रममार्फत आर्थिक अभिवृद्धिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।

कार्यविधिमा पशु कल्याण, नन–एन्टीबायोटिक उत्पादन प्रणाली, किसानलाई प्रोत्साहन र निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति समावेश गरिएको छ । मन्त्रालयले आगामी दिनमा मासु निर्यात अभिवृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय बजार पहिचानमा पनि सक्रियता बढाउने तयारी गरेको जनाएको छ।

सरकारले मासु तथा पशुपालन क्षेत्रलाई कृषिमा आधारित अर्थतन्त्रको महत्वपूर्ण अंग मानेको छ। मन्त्रालयका अनुसार कार्यविधि कार्यान्वयनमा आयो भने ग्रामीण रोजगारी, पशुपालन व्यवसायमा आकर्षण, विदेशी मुद्रा आर्जन तथा राष्ट्रिय आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान हुनेछ।

कात्तिक २३, २०८२ आइतबार १०:५२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।