उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन : जल तथा मौसम विज्ञान विभाग
काठमाडौं : हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतयाः सफा रहनेछ।
विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार कोेशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बुलेटिनमा उल्लेख छ।
कात्तिक २३, २०८२ आइतबार ०८:३५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।