काभा यु-१९ महिला च्याम्पियनसिपमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

काभा यु-१९ महिला च्याम्पियनसिपमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौ : श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु-१९ महिला च्याम्पियनसिपमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।

कोलम्बोमा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो।  नेपालले माल्दिभ्समाथि पहिलो सेट २५-११, दोस्रो सेट २५-३ तथा तेस्रो सेट २५-५ ले जित हासिल गर्यो।

आइतबार हुने फाइनल खेलमा नेपालले कीर्गिस्तानको सामना गर्नेछ। आजै भएको पहिलो सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ३-० ले हराउँदै कीर्गिस्तान फाइनलमा पुगेको  हो।

कात्तिक २२, २०८२ शनिबार २१:३४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।