रनवेमा बत्ती बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान अवरुद्ध
ai image
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझदेखि सबै उडान अवरुद्ध भएका छन्। रनवेका बत्तिमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको विमानस्थल स्रोतले जनाएको छ।
हाल प्राविधिक टोलीले समस्या समाधानका लागि प्रयास गरिरहेको विमानस्थल प्रशासनले जनाएको छ।
समस्या भएपछि अन्तर्राष्ट्रिय उडानका जहाजहरूलाई आकाशमै ‘होल्ड’ गरिएको छ भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन्।
कात्तिक २२, २०८२ शनिबार १८:४८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।