झापामा सर्पले डसेर एक महिलाको मृत्यु
दमक : सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौरादह नगरपालिका-६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८:३० बजे आसपासमा उनलाई गोमन सर्पले दाँया खुट्टामा डसेको थियो।
त्यसपछि उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११:४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।
गर्मीसँगै वर्षात्का समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदका समयमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताए।
केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उनको भनाइ छ।
कात्तिक २२, २०८२ शनिबार १३:५७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।