संसारका विभिन्न कुनामा नेपालका सम्पदाहरू चोरेर लगिएको छ, फिर्ता ल्याउन महानगर लागिरहेको छ : उपमेयर डंगोल
काठमाडौं : काठमाडौं महानगरपालीकाकी उपमेयर सुनिता डंगोलले संसारका विभिन्न कुनामा नेपालका सम्पदाहरू चोरेर लगेको दाबी गरेकी छिन्।
शुक्रबार पुनर्निर्मित ब्रम्हा मन्दिर उद्घाटन समारोहमा बोल्दै उनले चोरी भएका सम्पदाहरू पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनःस्थापना गर्ने काममा काठमाडौं महानगरपालीकाले सक्दो भूमिका खेलिरहेको बताइन्।
त्यस्तै उनले ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनःस्थापित गर्न सफल भएको बताइन्। उनले केही समय अघि इथुमबहालमा ४५ वर्ष अघि चोरिएको पौवाहरु पुनःस्थापित गर्न सकेको बताइन्। उनले पौवामा पुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको जानकारी दिइन्।
उनले यसरी भगवानलाई फिर्ता गर्न पाउँदा खुशीका साथै गर्वको क्षण रहेको बताइन्।
कात्तिक २१, २०८२ शुक्रबार १५:५०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।