कालमेगी आँधीले फिलिपिन्स र भियतनाममा १९३ जनाको मृत्यु

कालमेगी आँधीले फिलिपिन्स र भियतनाममा १९३ जनाको मृत्यु

एजेन्सी : कालमेगी नामक समुद्री आँधीका कारण फिलिपिन्स र भियतनाममा गरी अहिलेसम्म १९३ जनाको मृत्यु भएको छ।

यस आँधीले फिलिपिन्समा कम्तिमा १८८ जना र भियतनाममा ५ जनाको ज्यान लिएको हो।

बिहीबार १४९ किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा मध्य भियतनाममा प्रहार गरेपछि यो आँधी अहिले पश्चिम दिशामा रहेको कम्बोडिया र लाओसतर्फ अघि बढिरहेको छ।

मध्य भियतनामका तटीय सहरहरू रातभरको आँधीपछि आज बिहान भग्नावशेषले भरिएका थिए। तीव्र हावाहुरीले रुखहरू उखेलेको छ, घरका छानाहरू उडाएको छ र ठूला झ्यालहरू फुटाएको छ।

हजारौं मानिसहरूले विद्यालय तथा अन्य सार्वजनिक भवनहरूमा शरण लिएका छन्। आँधीले पुऱ्याएको क्षतिसँग जुध्न र उद्धारका लागि सेना परिचालन गरिएको छ।

कात्तिक २१, २०८२ शुक्रबार १४:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।