सुनको मूल्य आज पनि बढ्यो, तोलामा ६०० रुपैयाँले वृद्धि
काठमाडौं : नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रति तोला ६०० रुपैयाँले वृद्धि भएको हो।
यस वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार यसको मूल्य प्रति तोला १ लाख ३७ हजार ८०० रुपैयाँ थियो।
त्यसैगरी, आज तेजाबी सुन प्रति तोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।
चाँदीको मूल्य प्रति तोलामा १० रुपैयाँले बढेर ३ हजार २० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रति तोला ३ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
कात्तिक २१, २०८२ शुक्रबार १२:०९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।