सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालकको काठमाडौंमा मृत्यु
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ईन्द्रावती गाउँपालिका-९ का अन्दाजी ३७ वर्षीय खील बहादुर कुँवरको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार, कार्तिक १९ गते राति करिब १०:५० बजे चौतारा साँगाचोकगढी-७ झ्याडीस्थित चौतारा-भिमटार भित्री सडक खण्डमा दुर्घटना भएको थियो।
भिमटारबाट चौतारातर्फ आउँदै गरेको बा.प्र. ०२-०२१ प ४८३५ नम्बरको मोटरसाइकल सडक छेउको ढुंगामा ठोक्किएर अनियन्त्रित भएको थियो।
मोटरसाइकल चालक ईन्द्रावती-९ कै २८ वर्षीय राजु कुँवर सकुशल रहे पनि पछाडि सवार खील बहादुरको टाउकोमा गम्भीर भित्री चोट लागेको थियो।
दुर्घटनालगत्तै बेहोस अवस्थामा रहेका उनलाई तत्काल चौतारा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेलतर्फ पठाइएको थियो।
काठमाडौंको केएमसी अस्पतालमा उपचारकै क्रममा कार्तिक २० गते बिहान राति ११:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल घटनास्थलमै रहेको छ भने चालक राजु कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
कात्तिक २१, २०८२ शुक्रबार १०:००:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।