एलन मस्कलाई इतिहासकै सबैभन्दा ठूलो तलब प्याकेज, टेस्लाका शेयरधनीले गरे स्वीकृत

एलन मस्कलाई इतिहासकै सबैभन्दा ठूलो तलब प्याकेज, टेस्लाका शेयरधनीले गरे स्वीकृत

एजेन्सी : अमेरिकी कार तथा ऊर्जा कम्पनी टेस्लाका शेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको लागि ५६ अर्ब डलरको विशाल तलब प्याकेजलाई अनुमोदन गरेका छन्।

यो कुनै पनि कम्पनीको सीईओका लागि स्वीकृत गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो तलब प्याकेज हो।

कम्पनीले बिहीबार आफ्नो वार्षिक बैठकमा यसको घोषणा गरेको हो। कम्पनीका अनुसार, ७५ प्रतिशत शेयरधनीहरूले यो तलब प्याकेजको पक्षमा मतदान गरेका थिए।

पछिल्ला केही दिनदेखि विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाको बोर्ड, स्वयं मस्क र साना लगानीकर्ताहरूले यो प्याकेजलाई स्वीकृत गराउन अभियान चलाइरहेका थिए।

यद्यपि, यो पूरा तलब पाउनका लागि मस्कले कयौं शर्तहरू पूरा गर्नुपर्नेछ। उनले टेस्लाको बजार मूल्य बढाउनुपर्नेछ र सुस्त भएको कार व्यवसायलाई गति दिनुपर्नेछ।

यसका साथै, उनले ‘रोबोट्याक्सी’ (चालकबिना चल्ने ट्याक्सी) र ‘अप्टिमस रोबोटिक्स’ (मानवरूपी रोबोट) जस्ता महत्वाकांक्षी लक्ष्यहरूलाई वास्तविकतामा बदल्नुपर्नेछ।

कात्तिक २१, २०८२ शुक्रबार ०९:०२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।