जलबिरे नजिकै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फी
Filephoto
चितवन : सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन एकतर्फी बनेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज साँझ चितवनको इच्छाकामना–६ जलबिरे नजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको हो।
पहिरो पन्छाउने तयारी भइरहेको उक्त सडकका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।
कात्तिक २०, २०८२ बिहीबार १८:३६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।