सीजी मोटर्सद्वारा थापाथलीमा आयन र एक्स्पेङको नयाँ एक्स्पेरिएन्स सेन्टर उद्घाटन

सीजी मोटर्सद्वारा थापाथलीमा आयन र एक्स्पेङको नयाँ एक्स्पेरिएन्स सेन्टर उद्घाटन

काठमाडौं : आयन र एक्स्पेङका आधिकारिक विक्रेता सीजी मोटर्सले राजधानीको थापाथलीमा आफ्नो नयाँ आयन र एक्स्पेङ एक्स्पेरिएन्स सेन्टर सञ्चालनमा ल्याएको छ। यो नयाँ केन्द्र पुरानो सीजी मोटर्स शोरुम नजिकै, मुख्य सडकबाट करिब २० मिटर भित्र रहेको छ।

नयाँ एक्स्पेरिएन्स सेन्टरमा ग्राहकहरूले आयन र एक्स्पेङका अत्याधुनिक इलेक्ट्रिक सवारीसाधनहरू प्रत्यक्ष अवलोकन गर्न, बुझ्न र टेस्ट ड्राइभमार्फत अनुभव गर्न सक्नेछन्। हाल केन्द्रमा आयन वाइ, आयन भी, र एक्स्पेङ जी६ मोडेल प्रदर्शनमा राखिएका छन्।

आयन वाइ र आयन भी लक्जरी मोडेलहरू हुन्, जसको मूल्य क्रमशः रु ५८.५ लाख र रु ६९.९ लाख तोकिएको छ। आयन भीमा ७५.३ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ, जसले ६५० किलोमिटरको रेन्ज प्रदान गर्छ। यसमा ८-प्वाइन्ट मसाज सिट, इन–बिल्ट फ्रिज र वार्मर जस्ता विलासी सुविधाहरू उपलब्ध छन्।

त्यस्तै, आयन वाइमा १०० किलोवाट मोटर र ६१.४ किलोवाट आवर क्षमताको लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटकको चार्जमा ५०० किलोमिटर यात्रा गर्न सक्षम बनाउँछ।

प्रिमियम एसयूभी मोडेल एक्स्पेङ जी६को मूल्य रु ८४.९९ लाख तोकिएको छ। यसमा १९० किलोवाट मोटर, ४४० एनएम टर्क, अटो पायलट फिचर, ५–स्टार युरो एन्–क्याप सुरक्षा रेटिङ, SEPA २.० स्ट्रक्चर, र ९ डाइमेन्सन ब्याट्री सेफ्टी सिस्टम जस्ता अत्याधुनिक प्रविधि समावेश छन्।

ग्राहकहरूले सोही केन्द्रमा टेस्ट ड्राइभ बुक गर्न, बुकिङ र तत्काल डेलिभरी सुविधा लिन, साथै ईभी विज्ञहरूबाट व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन्। साथै, आगन्तुकहरूका लागि विशेष अफर र आकर्षक उपहारहरू पनि उपलब्ध छन्।

नयाँ एक्स्पेरिएन्स सेन्टरको उद्घाटनमार्फत सीजी मोटर्सले ग्राहक सेवा र प्रविधिक नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता झल्काएको छ। कम्पनीले आफ्नो यो नयाँ केन्द्रमार्फत नेपाली ग्राहकलाई भविष्यमुखी ईभी अनुभवको नयाँ स्तरमा पुर्याउने लक्ष्य राखेको छ।

कात्तिक २०, २०८२ बिहीबार १७:३२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।