जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले देशलाई कहिल्यै नबिर्सने गुण लगाएर गए : विप्लव

जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले देशलाई कहिल्यै नबिर्सने गुण लगाएर गए : विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित वृहत् जनसभालाई सम्बोधन गर्दै उनले अहंकारी सत्तालाई र संसद्लाई उठ्नै नसक्नेगरी थला पारेर, आगोलाई खरानी बनाइदिएर जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका हुन्।

उनले भने, ‘जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन्। नेपालको राज्यसत्ता निरंकुश थियो, राज्यसत्ता मुर्ख बन्दै गएको थियो। जनताविरुद्धमा तानाशाही बन्दै गएको थियो। हाम्रा जेनजीले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी सत्ता एवम दलालहरू र संसद्लाई उठ्नै नसक्नेगरी थला पारेर आगोमा खरानी बनाइदिए। म ति शहीद र तिनका परिवारलाई सम्मान गर्न चाहन्छु।’

जनयुद्धमा रगत बगाउने सर्वहाराको अपमान, त्यसको बेवास्ता गरिएको र स्वार्थको लागि संसदमा र्याल कारिरहेको बेला जेनजी आन्दोलन भएको उनको भनाई छ। 

कात्तिक २०, २०८२ बिहीबार १६:४३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।