मधेश प्रदेशमा सुरू भयो राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम
जनकपुर : मधेश प्रदेशमा आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०८२ सुरु भएको छ।
जनकपुरधाममा बिहीबार (आज) आयोजित भिटामिन ‘ए’ खुवाउने कार्यक्रममा मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय सपही, धनुषाका निर्देशक सरोज चन्द्र न्यौपानेले आज र भोली क्यापुसल खुवाउने कार्यक्रमको सुरुवात गरेका छन्।
उनले उपस्थित बालबालिकालाई भिटामिन ‘ए’ को क्यापसुल खुवाएर दुई दिने कार्यक्रम सुरु भएको घोषणा गरे। सो क्रममा निर्देशक न्यौपानेले मधेश प्रदेशभरका ४,७९,७२२ बालबालिकालाई भिटामिन ’ए’ को क्यापुल खुवाउने लक्ष्य रहेको जानकारी दिए।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले भिटामिन ’ए’ खुवाउने कार्यक्रम २०५० सालदेखि भएको जानकारी दिए । उनले यो कार्यक्रम वर्षमा दुई पटक सञ्चालन हुँदै आएको बताए।
बालबालिकाले खाने खानामा सम्पूर्ण भिटामिन नहुने गरेकाले भिटामिन ’ए’ को क्यापसुल खुवाउने गरेको उनको भनाई थियो। यो क्यापसुल ६ महिना देखि ५ वर्ष सम्मको बालबालिकालाई खुवाउनु पर्ने प्रमुख यादले जानकारी दिए।
कात्तिक २०, २०८२ बिहीबार १६:२१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।