एनआईसी एशिया बैंकको सीईओ सुजित कुमार शाक्यले सम्हाले जिम्मेवारी
काठमाडौं : एनआईसी एशिया बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले आजदेखि जिम्मेवारी सम्हालेका छन्। बैंकको सञ्चालक समितिले उनलाई कात्तिक १७ गते सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो।
बैंकिङ क्षेत्रमा करिब तीन दशक लामो अनुभव भएका शाक्यले यसअघि नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। उनले सन् १९९६ मा नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट आफ्नो बैंकिङ यात्रा सुरु गरेका थिए।
त्यसपछि उनले हिमालयन बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक लगायतका विभिन्न बैंकहरूमा उच्च व्यवस्थापकीय भूमिका निर्वाह गरिसकेका छन्।
शाक्य एनआईसी एशिया बैंकका लागि परिचित अनुहार हुन्। उनले तत्कालीन बैंक अफ एशिया नेपाल र एनआईसी बैंकको मर्जर प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
शाक्यको लामो अनुभव, रणनीतिक दृष्टिकोण र नेतृत्व क्षमताले बैंकले नयाँ उचाइ हासिल गर्ने विश्वास लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कात्तिक २०, २०८२ बिहीबार १३:२१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।